बैतडी– मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन्। जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। उनले भने, ‘केही दिनयता अस्पतालमा बिरामीको सङख्या बढ्दै गएको र उपचारका लागि […]