सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको हो : सञ्चारमन्त्री कार्की

काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन काराबासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको प्रष्ट पारेको छ । सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चरकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई आन्तरिक एकताका साथ […]

सम्बन्धित सामग्री

अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पारित भएपछि सञ्चारसँग सम्बन्धित विवाद र गुनासाहरुलाई स्वनियम प्रणालीद्धारा समाधान गर्न सकिने बताएका छन् । साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे ।  विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

ओली झुटा सपना बाड्न माहिर : सञ्चारमन्त्री कार्की

मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उहाँको दाबी छ ।

राष्ट्रिय प्रसारण नियमावली पवित्र उद्देश्यले ल्याएका हौँ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण नियमावली पवित्र उद्देश्यले ल्याएको भन्दै त्यसमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् । बुधबार नेपाल पत्रकार महासंघद्वारा सञ्चालित एक कार्यक्रममा मन्त्री कार्कीले नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगरेको भन्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्य नभएको समेत बताए । उनले भने, […]