पोखराको फेवाताल मापदण्डभित्र भौतिक संरचना निर्माणमा रोक

काठमाण्डाै - देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो । पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी गरी तालको मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ । सर्वोच्च अदालतबाट महानगरपालिकालाई तालको मापदण्डभित्र कुनै पनि संरचना नि...

सम्बन्धित सामग्री

सर्वोच्चको फैसला विपरित फेवातालको मापदण्ड निर्धारण

सर्वोच्च अदालतले पोखराको फेवाताल संरक्षण र सीमांकनका लागि २०७५ मंसिर ६ गते ऐतिहासिक फैसला गर्‍यो । उक्त फैसलामा तालको मापदण्ड ६५ मिटर कायम गर्न भनिएको छ ।६५ मिटरभित्रका सबै संरचना अवैध भएकोले प्रदेश सरकारसँग समन्वय गरेर ६ महिनाभित्र हटाउन आदेश दिएकोमा साढे ३ वर्षसम्म फैसला कार्यान्वयन भएन । ‘६५ मिटरसम्मको भु–भागमा भवन लगायत तालको संरक्षणमा असर पर्ने कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न कास्की जिल्ला परिषद् र पोखरा उपत्यका नगर समितिको बोर्ड बैठकको नि

फेवातालमा मापदण्डविपरीत भौतिक संरचना निर्माण हुने क्रम बढ्यो

पोखराको फेवाताल किनारामा मापदण्डविपरीत भौतिक संरचना निर्माण गर्ने क्रम बढेको छ ।पोखरा महानगरपालिका र महानगरका विभिन्न वडा कार्यालय सक्रिय नहुँदा पोखराको फेवातालनजिकै भौतिक संरचना बनाउने क्रम बढेको नागरिक समाजले बताएका छन् । हिउँदको समयमा तालमा पानीको सतह घटेको मौका छोपी हाल रातारात भौतिक संरचना बनाउने क्रम बढेको नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले बताए । […]

फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सर्वोच्चको आदेश - Naya Patrika

सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचना गैरकानुनी भएको ठहर गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले पोखराको फेवाताल अतिक्रमण गरी निर्माण भएका घर टहराहरू...पूरा पढ्नुहोस् »