नेपाल विद्युत प्राधिकरण (एनईए) ले विद्युत खपत प्रवर्द्धन कार्यक्रम, २०७९ को शुरुआत गरेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै प्राधिकरणले विद्युतको उत्पादन, स्वदेशी खपत र अन्तर्राष्ट्रिय बजारमा अधिकतम बिक्री सम्मको कार्यक्रम घोषणा गरेको हो । कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले वार्षिक २ खर्ब रुपैयाँ बराबरको विजुली निर्यात गर्ने लक्ष्यसहित प्राधिकरण अघि बढेको बताए । केही महिनायता मात्र प्राधिकरणले ३६५ किलोवाट विद्युत निर्यात गर्न सफल भएको बताउदै प्रमुख