एमाले महाधिवेशन : मतगणना सुरू

चितवन :  नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत भएको मतदानको गणना सुरू भएको छ। मतगणना मंगलबार दिउँसो १ बजे सुरू भएको हो।बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सम्पन्न भएको थियो। दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मतदान गरेका थिए।मतगणनास्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। करिब एक घण्टामा मत परिणाम आउने निर्वाचन अयोगका सदस्य बिमला विकले बताइन्।विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको व्यवस्था गरिएको थियो। एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो।

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतगणनाको परिणाम दुई घण्टामा आउने बताइएको छ । अहिले मतगणना एलिफेन्ट कन्फेरेन्स हलमा भैरहेको छ ।  दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान […]