काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै गरेको विरोध कार्यक्रमलाई निरन्तरता दिने भएको छ । साथै नेपाल बारले आन्दोलनलाई थप कडा बनाउन देशभरिका बार इकाइसँग छलफल गर्ने जनाएको छ। कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश जबराविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। […]