युएएफईडी (फोन ह्याक गर्ने उपकरण) बंग्लादेशले सोझै इजरायलबाटै किनेको थियो, या अन्य मुलुकमा रहेको सो कम्पनीको शाखाबाट किनेको थियो भन्ने कुरा भने स्पष्ट भएको छैन । यसअघि बंग्लादेशले सन् २०१८ मा इजरायलबाट मोबाइल फोन अवरोध गर्न सक्ने उपकरण किनेको कुरा समेत बाहिरिएको थियो ।