कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारका लागि उम्मेदवार चयन गर्ने एक नेताले जानकारी दिनुभयो । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने बताइएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ। को केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ।...

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ आइतबार बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका हुन्।

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुनेछ । चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार […]

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

२६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो । बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो। बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ। […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय ललितपुर सानेपामा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  बैठकमा चुनावी घोषणापत्रबारे छलफल हुने पौडेलले बताए। कांग्रेसले महामन्त्री गगन थापा संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति बनाएको छ। २८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई आज बैठकमा छलफल गरी अन्तिम रुप दिइनेछ। यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ। शुक्रबार बसेको कार्यसम्पादन समिति बैठक आज बस्नेगरी स्थगित गरिएको थियो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठकले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे निर्णय लिने बताए। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो

कांग्रेसको कार्य सम्पादन समितिको बैठक यसै हप्ता बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यहि हप्ता भित्र बस्ने भएको छ । कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यहि हप्ता भित्र पार्टीको केन्दी्रय कार्य सम्पादन समितिको बैठक बोलाउने तयारी भएको बताउनु भएको हो । उहाँले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रीय कार्यलयमा […]