काठमाण्डाै – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारले प्रमाणीकरणका लागि पठाएको अध्यादेश बेलुकीपख प्राप्त भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले सरकारले प्रक्रियाबाटै अध्यादेश सिफारिस गरेकाले राष्ट्रपतिले पनि आवश्यक प्रक्रिया पुर्याएर जारी गर्ने जानकारी दिनुभयो । सरकारले प्रक्रिया पुर्याएर सिफारिस गरेका सिफारिस जारी या प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएको भन्द...