चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै रहेको सङ्केत

चीनको पूर्वी प्रान्त शान्दोङको किसिया सहर नजिकै रहेको सुन खानीमा रहेका उनीहरूलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको समय उनीहरूमध्ये कोही जीवितै रहेको लक्षण भेटिएको खबरले श्रमिकका परिवार र आफन्तमा उनीहरू जीवित हुने आशा पलाएको छ ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा सकारात्मक सङ्केत (सम्पादकीय)

रोजगारी र आय आर्जनका हिसाबले महìवपूर्ण क्षेत्रका रूपमा स्थापित वैदेशिक रोजगारी अहिले शिथिल अवस्थामा छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण कहिले रोजगारदाताले श्रमिक लिन नमान्ने त कहिले श्रमिक कामदार जान नसक्ने अवस्थाले विगत डेढ वर्षदेखि वैदेशिक रोजगारीमा समस्या देखिएको हो । खोप उपलब्धता बढ्दै गएको र रोजगारदाताले कामदारको माग गर्न थालेपछि बेरोजगार नेपाली युवामा आशा पलाएको छ । तर पनि वैदेशिक रोजगारी पूर्ववत् अवस्थामा फर्कन समय लाग्ने भएकाले नेपाली युवाको रोजगारी चिन्ताको विषय बनेको छ । २०७६ माघको सुरुमै नेपालमा पहिलो सङ्क्रमित फेला प

चीनको खानीमा फसेका श्रमिक ६ दिनपछि जीवितै रहेको सङ्केत भेटियो

एजेन्सी । पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला परेका आइतबार उद्धारकर्ताहरूले बताएका हुन् । उनीहरूको उद्धारका लागि थप प्रयासहरू शुरु भएका चिनियाँ अधिकारीले बताएका छन् । खानीमा विस्फोट हुँदा बाहिर निस्किने भर्याङ भत्किएका कारण उनीहरू खानीभित्र फसेका हुन् । खानीभित्र रहेका ती मजदूरसँग सम

कर्मचारी बिदाइ गर्दै पाँचतारे होटल

कोरोनाको मार खेपिरहेका ठूला होटलले आफ्ना कर्मचारीलाई धमाधम बिदाइ गर्न थालेका छन् । पाँचतारे होटलहरूले आगामी डिसेम्बरसम्म आफ्ना कर्मचारीलाई जीवनयापनका लागि स्तरअनुसार चार हजारदेखि १० हजार रुपियाँ मात्र तलबका दिँदै आएका छन् तर डिसेम्बरपछि पनि कोरोना नियन्त्रणमा आएर व्यवसाय सुचारु हुने सङ्केत नदेखेपछि कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा बस्न भन्न थालेका छन् । पाँचतारे होटल सोल्टी क्राउन प्लाजाले आगामी जनवरीदेखि लागू हुनेगरी केही कर्मचारीलाई कम्तीमा एक वर्षका बेतलबी बिदामा पठाइने जनाएको छ । होटलका मानव संसाधन निर्देशक सर्ज रञ्जितले होटलका १०१ कोठा मात्र सञ्चालनका लागि हाल भएका कर्मचारीको सङ्ख्या अधिक भएकाले थपलाई बेतलबी बिदामा पठाउन लागेको बताउनुभयो । उहाँका अनुसार बेतलबी बिदा अवधि होटल व्यापार व्यवसायको भावी परिस्थिति हेर्दै कम्तीमा पाँच वर्षसम्म बढाउन सकिने छ । कम्पनीले प्रोत्साहनप्रद बहिर्गमन योजानअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी ९८ जना श्रमिक कर्मचारीलाई बिदा गरिसकेको छ । होटलको मुख्य बजार भारत र युरोपलगायतका देशमा कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएकाले होटल व्यवसाय पुनः पुरानो अवस्थामा फर्कन निकै लामो समय लाग्नसक्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।