अमेरिकामा मंगलबार चुनाव हुदै: ओबामा, बाईडेन र ट्रंप चुनावी र्यालीलाई सम्बोधन गर्न व्यस्त

संयुक्त राज्य अमेरिकामा भोली मंगलबार मध्यावधि निर्वाचन हुदै छ । तीन जना अमेरिकी राष्ट्रपतिहरूले मङ्गलवार हुने चुनाव अगाडि एउटा प्रमुख राज्य पेन्सलभेनियाको र्‍यालीहरूमा सम्बोधन गरेका छन्।उक्त राज्यमा हुने चुनावी प्रतिस्पर्धाले कुन दलले अमेरिकी सिनेटमाथि नियन्त्रण राख्छ भन्ने निर्णय गर्न सक्छ। त्यहाँ कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।राष्ट्रपति जो बाइडनले आफ्ना डेमोक्र्याट समर्थकहरूलाई यस चुनावले दशकौँसम्म देश कस्तो हुनेछ भनेर निर्धारण गर्ने बताए। पूर्व राष्ट्रपति ओबामाले सत्य र लोकतन्त्रजस्ता आधारभूत अधिकारहरू मतदानले सुनिश्चित गर्ने कुरामा जोड दिए। रिपब्लिकन र्‍यालीमा सम्बोधन गर्दै पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई विध्वंसबाट जोगाउनुको एक मात्र उपाय उनको दललाई मतदान गर्नु रहेको तर्क अघि सारे।सर्वेक्षणहरूले सङ्केत गरे अनुसार सिनेटको दौडमा डेमोक्र्याट जोन फेटरम्यान र रिपब्लिकन मेहमेट इजबीच तीव्र प्रतिस्पर्धा हुनेछ। बीबीसी न्यूजका बोर डेङका अनुसार डोनाल्ड ट्रम्पले बाराक ओबामा र जो बाइडनको जस्तै सन्देश प्रवाह गर्नु निकै दुर्लभ विषय हो तर पेन्सलभेनियामा उनीहरूले समान दृष्टिकोण राखे। राजनीतिक प्रतिद्वन्द्वी रहेका उनीहरूले प्रचार प्रसारको क्रममा सबै अमेरिकीहरूलाई 'मत खसाल्न जान' अनुरोध गरेका थिए। राष्ट्रपति बाइडन र ओबामाले चुनावलाई प्रजातन्त्रको लागि लडाइँको रूपमा व्याख्या गरे भने ट्रम्पले देशको सुरक्षा जोखिममा रहेको बताए। मङ्गलवार हुन् चुनावले अमेरिकी कंग्रेसको नियन्त्रणमा कसको हातमा जानेछ भन्ने कुरा निर्क्योल गर्ने छ।अमेरिकी तल्लो सदनको सबै ४३५ सिटको लागि प्रतिस्पर्धा हुँदै छ भने सिनेटका लागि ३५ सिटमा प्रतिस्पर्धा हुँदै छ। यसअघि पेन्सलभेनियामा डेमोक्र्याटिक पार्टीका उम्मेदवार ५३ वर्षीय फिटरम्यान र रिपब्लिकन पार्टीका ६२ वर्षीय इजबीच झिनो मतान्तर रहेको थियो। चुनावी अभियानका क्रममा दुई पूर्व राष्ट्रपतिहरू र राष्ट्रपति बाइडनको उपस्थितिले यस राज्यको महत्त्वको सङ्केत गर्छ। पेन्सलभेनियामा ट्रम्पको विजयले सन् २०१६ मा उनलाई राष्ट्रपति बनाउनुमा भूमिका निर्वाह गरेको थियो। उनको लोकप्रियता केन्द्रित र आक्रोश मिश्रित सन्देशले श्रमिक वर्गलाई आकर्षित गरेको थियो। जबकि सन् २०२० मा व्यवहारिकता र उदार राजनीति झल्काउने धारणा राख्दै जो बाइडनले उक्त राज्य आफ्नो पक्षमा ल्याए। त्यति बेला उनले आफ्नो गृह राज्यमा दुई प्रतिशतभन्दा कम मतान्तरले जीत हासिल गरेका थिए।शनिवार फिलाडेल्फियामा बोल्दै बाइडनले 'घरमा आउनु' सुखद रहेको बताए। उनले डेमोक्र्याटिक दलका तर्फबाट सिनेटका लागि उम्मेदवार रहेका फिटरम्यान र गर्भरनरका उम्मेदवार जोस शेपिरोको पक्षमा बोले। डेमोक्र्याटिक दलको अमेरिकी तल्लो सदन र सिनेटमा बहुमत पुर्‍याउन चुक्नुले गर्भपतनको अधिकार र जनस्वास्थ्यका सेवाहरूमा कटौती हुनसक्ने चेतावनी बाइडनले दिए।चुनावी अभियानका क्रममा ट्रम्पले भने,'यदि तपाईँ आफ्नो परिवारको सुरक्षा चाहनुहुन्छ भने सबै डेमोक्र्याटहरू पदबाट बाहिरिने गरी मत दिनुहोस्। 'तपाईँहरूसँग एक मात्र विकल्प छ- तपाईँ अमेरिकाको पतन चाहनुहुन्छ भने कट्टरपन्थी डेमोक्र्याटलाई मतदान गर्नुहोस्। यदि तपाईँ हाम्रो देशको विनाश रोक्न चाहनुहुन्छ भने तपाईँले रिपब्लिकनलाई उत्साहजनक मत दिनुपर्छ।'उनले सन् २०२४ को चुनावमा सहभागी हुने सम्भावनाको सङ्केत गरे।यद्यपि उनले अमेरिकी चुनाव प्रणाली धाँधलीपूर्ण रहेको झुटो दाबी समेत गर्दै आएका छन्।हाल अमेरिकाको दुवै सदन डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको छ। तर यो चुनावमा उनीहरूले तल्लो सदन हार्ने र सिनेटमाथि नियन्त्रण राख्न निकै ठुलो चुनौतीको सामना गर्नु पर्ने सर्वेक्षणहरूले देखाएका छन्। कंग्रेसको चुनावलाई पदमा बहाल राष्ट्रपतिको भविष्यमाथिको जनमतसङ्ग्रहरूको रूपमा हेरिन्छ। - बिबिसीबाट 

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा व्यस्त प्रचण्ड, आज पाँच चुनावी सभालाई सम्बोधन गर्ने

सुर्खेत – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त भएका छन्। उनले मंगलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट […]

आफ्नो गृहजिल्लामा व्यस्त रहेका देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

उनले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसेका छन्।...

गृहजिल्लामा व्यस्त प्रधानमन्त्री देउवा, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ । उहाँले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसक्नुभएको छ । प्रधानमन्त्री देउवा यही कात्तिक …

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन्।

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन्। सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीवारदेखि डडेल्धुरामा छन्। उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीवार सम्बोधन गरिसकेका छन्। प्रधानमन्त्री देउवा यही…

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर […]

प्रधानमन्त्री देउवा गृह जिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् ।प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।देउवाले कात्तिक १