काठमाण्डाै - निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउनको लागि निवेदन आह्वान गरेको छ ।
चुनावमा मतदान गर्नका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले यसअघि लिएको परिचयपत्र हराएको भएमा नयाँ बनाउनका लागि आयोगले आग्रह गरेको हो ।
परिचयपत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने छ । आफ्नो नामावली रहेको वडा कार्यालयको सिफारिससहित स्वयम् व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा गएर आउँदो २० गतेभित्र निवेदन दिन सकिने आयोगले जनाएको छ ।
मतदाता परिचयपत्र लिनको ल...