काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । यस वर्षको तेस्रो त्रैमासिक रिपोर्टमा पनि निरन्तर घाटामा गएपछि मेटाले आफ्ना कर्मचारीको १३ प्रतिशत अर्थात् ११ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
मेटामा अहिले ८७ हजार जनाभन्दा धेरै कर्मचारी रहेका छन् । पहिलो चरणमा ११ हजार कर्मचारी कटौती गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताउनुभएको छ । उहाँले कर्मचारीप्रति माफी माग्दै कम्पनीको असहज अवस्थाका कारण जागिरबाट निक...