काँग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीको उम्मेदवारी

नेपाली काँग्रेसको प्रदेश १ को महामन्त्री र सहमहामन्त्रीमा खोटाङका दुई नेताले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता वीरकाजी राईले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् । उनले कोभिड–१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पुर्‍या

सम्बन्धित सामग्री

संविधान कार्यान्वयनका लागि राष्ट्रियसभामा सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताउनुभएको छ । बिर्तामोडमा बिहीबार सत्ता गठबन्धन दलको अन्तरक्रियामा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिनुभएको बताउनुभयो । आगामी माघ ११ गते हुने तय भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश–१ …

पार्टीभित्रको समस्या समाधान जरुरी : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताए । उनले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राखे । काठमाडौँ निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको […]

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौं । प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । थापा १८ मत ल्याएर संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाउनुभयो भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाउनु भयो । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो […]

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेको छ ।राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएको छ ।  राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।

राष्ट्रिय सभा चुनावमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।  पार्टीको आज मङ्गलवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिनुभएको हो ।  राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो । त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन...

राप्रपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा बाहेक मतदान नगर्ने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ माघमा हुने राष्ट्रिय सभाको १९ स्थानका लागि हुने निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने निर्णय गरेको छ । आज राप्रपाका महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गरी प्रदेश १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको छ । बाँकी प्रदेशहरुमा राप्रपाको […]

कांग्रेस प्रदेश समिति : खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित

खोटाङ– खोटाङबाट नेपाली कांग्रेसको प्रदेश समितिमा एक महामन्त्री र चार सदस्य निर्वाचित भएका छन् । प्रदेश १ महामन्त्रीमा भूपेन्द्र राई र सदस्यमा सदस्य जितेन्द्रसिंह ठकुरी, बिमला राई, लोकेन्द्र राई र शान्तिकला राई निर्वाचित भएका हुन् । पदाधिकारीको आइतबार राति र सदस्यको अन्तिम मत परिणाम सोमबार राति आएको हो । ठकुरी गुरुराज घिमिरे प्यानल र महामन्त्री […]

काङ्ग्रेस प्रदेश १ : पदाधिकारीमा संस्थापन पक्षकै वर्चश्व

नेपाली काङ्ग्रेस प्रदेश १ समितिको सभापतिसहित धेरैे पदाधिकारीमा संस्थापन पक्ष विजयी भएका छन् । उपसभापति, एक महामन्त्री र महिला सह–महामन्त्री र सदस्यमा संस्थापन पक्ष विजयी भएको हो । संस्थापन इतर पक्षबाट एक महामन्त्री र दुई सह महामन्त्री विजयी भएका छन् ।उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भए भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन्। थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। सह–महामन्त्रीमा प्रमीला गच्छदार, खङ्ग फागो र वि

काँग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे उम्मेदवार

काठमाडौं, १६ । नेपाली काँग्रेस प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे संस्थापन इतर समूहबाट उम्मेदवार बन्ने टुंगो लागेको छ । उनको नाममा संस्थापन इतर समूहका नेताहरु बसेर टुंगो लगाएका हुन् । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् । गगन थापा महामन्त्री हुँदा उनी अध्यक्ष थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा राजकाजको अभियोगमा […]

प्रदेश १, बागमती र लुम्बिनीमा सरकार परिवर्तन गर्ने विपक्षी गठबन्धनको सहमति

काठमाडौं । विपक्षी गठबन्धनले प्रदेश १, बागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेका छन्। तीनवटै प्रदेशमा एमालेका मुख्यमन्त्री छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज साँझ बसेको बैठकमा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।