आम्दानी घटेसँगै राधी विद्युत् कम्पनीको खुद नाफा १७ % घट्यो

साउन २९, काठमाडौं । राधी विद्युत् कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १७ प्रतिशतले कमी आएको छ । अघिल्लो आवमा कम्पनीले रू. ७ करोड ४० लाख ४३ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा रू. ६ करोड १४ लाख ५३ हजारमा सीमित भएको हो ।  गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा कमी आएसँगै नाफा घट्न पुगेको हो । विद्युत् विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १८ प्रतिशतले कमी आएको छ । कम्पनीले अघिल्लो आवमा रू. १५ करोड ९८ लाख ३५ हजार विद्युत् विक्री बापत आम्दानी गरेकोमा गत आवमा घटेर रू. १२ करोड ९७ लाख २७ हजारमा सीमित भएको हो ।  नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६४ रहेकोमा गत आवमा रू. ९ दशमलव ५१ मा सीमित भएको हो । कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयरपछि चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार पुगेको छ । यहि पूँजीको आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर पनि निष्कासन गर्ने तयारी कम्पनीको रहेको छ ।  हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ भने आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछि मात्र उक्त हकप्रद शेयर निष्कासन गर्नेछ ।                                                             स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

सम्बन्धित सामग्री

१४७.५२% हकप्रद जारी गर्ने तयारी गरेको राधी विद्युतको नाफा करीब २५% घट्यो

वैशाख ३०, काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ७८ प्रतिशत कम खुद नाफा गरेको छ ।  गत वर्ष रू. ६ करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ७१ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।  यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी करीब ५ प्रतिशत कम भएकाले पनि खुद नाफामा कमी आएको हो । गत वर्ष रू. ११ करोड ४७ लाखभन्दा बढी विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. १० करोड ९३ लाखभन्दा बढी मात्र विद्युत् विक्री गरेको हो । यस वर्ष कम्पनीको सञ्चालनबाट नाफा गत वर्षभन्दा १७ दशमलव २१ प्रतिशत कम रू. ६ करोड ६५ लाख भएको छ । यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम ५२ दशमलव १२ प्रतिशत घटेर रू. ११ करोड ७५ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति पाएको हो । यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।   कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव १९ छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अुनपात ५५ दशमलव ८१ गुणा छ ।                                                    स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

राधी विद्युत् कम्पनीको खुद नाफा ३४% घट्यो

माघ २७, काठमाडौं । राधी विद्युत् कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ८६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ३ करोड २० लाखमा सीमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत् विक्री बापत रू. ८ करोड ५१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ७ करोड ७७ लाखमा सीमित भएको हो ।  कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख रहेको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९०, मूल्य आम्दानी अनुपात रू. ७१ दशमलव ६०, तरलता अनुपात १ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव ९३ रहेको छ ।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन करीब ५ % ले घट्यो राधी विद्युतको शेयरमूल्य

असार १४, काठमाडौं । राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन सोमवार शेयरमूल्य करीब ५ प्रतिशतले घटेको छ ।  यस दिन उक्त कम्पनीको शेयरमूल्य ४ दशमलव ६८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५५ ले घटेर अन्तिम मूल्य रू. १ हजार १२० कायम भएको हो । यस दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमध्ये तेस्रो नम्बरमा  उक्त कम्पनी नै रहेको छ । सोमवार उक्त कम्पनीको रू. ५२ करोड ७ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको हो ।  उक्त कम्पनीले प्रस्तावित लाभांशसहित हकप्रद शेयर विक्रीको प्रस्ताव गर्दै असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गर्ने भएकाले असार १४ गतेभित्र शेयर कायम गरेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य भएका छन् ।  विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको उक्त कम्पनीले यो वर्षभने हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा करवाहेक उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्रापूँजी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । बोनसमा लाग्ने कर भने सम्बन्धीत शेयरधनीहरुलेनै तिर्नुपर्नेछ ।  कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले उक्त अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने प्रस्ताव गरेको हो ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।