काठमाडौं । नेयमारको दुई गोलप्रेरित पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा मोन्टपेलियरलाई ५–२ ले हराएको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको नेतृत्वमा पीएसजीको यो लगातार दोस्रो जित हो ।
फ्रान्सका स्टार काइलियन एमबाप्पे २३औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, घरेलु टोली पीएसजीले फलाए साकोको आत्मघाती गोलबाट...