साउदी अरबले सडक र कार नभएको शहर निर्माण गर्ने घोषणा गरेको छ ।
युवराज मोहम्मद बिन सलमानले शहरको योजना प्रस्तुत गरेका छन् ।
तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो ।
यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । नाम द लाइन राखिनेछ ।
यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।
अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानि...