अमलालाई अमृत फल भनिन्छ । यसको सेवन भिटामिन सी प्राप्तिको उत्तम तरिका पनि हो । तर कतिपयलाई यो कसरी खाने भन्ने सही तरिका नै थाहा छैन । जसका कारण उनीहरुलाई यसको पूरा फाइदा नै मिल्दैन । भारतकी डाइटिसियन तथा न्यूट्रिसनिस्ट शिल्पा मित्तलले अमला खाने सही तरिकाबारे जानकारी दिएकी छिन् । केबल एक अमला पर्याप्तशिल्पा मित्तल भन्छिन्, ‘कयौँ मानिस अमलाको अचार, क्यान्डी, तितौराको सेवन शरीरमा भिटामिन सी प्राप्त गरोस् भनेर पनि खाने गर्छन् । तर यो तरिका सही होइन । अमलाको पुरा लाभ लिनका लागि अमला क