अमेजनमाथि भारतमा ३ अर्ब जरिवाना, खुद्रा बजार कब्जा गर्न संघर्ष

४ पुस, काठमाडौं । भारतीय प्रतिस्पर्धा आयोगले इ-कमर्श कम्पनी अमेजन र भारतीय कम्पनी फ्यूचर ग्रुपसँग सन् २०१९ मा भएको एक सम्झौतालाई दिएको सहमतिलाई निलम्बन गरिदिएको छ । साथै आयोगले अमेजनमाथि २ अर्ब भारु अर्थात् ३ अर्ब २० करोड रुपैयाँ बराबरको जरिवाना समेत लगाएको छ । भारतमा अमेजनमाथि गरिएको जरिवाना अमेजनका लागि ठूलो झट्का भएको बताइएको […]

सम्बन्धित सामग्री

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको: जेलेन्स्की

रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।लक्जम्बर्गको संसद्‍मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए ।

रुसले डोनबास क्षेत्रलाई निशाना बनायो, हामी डटेर संघर्ष गर्ने छौँ : जेलेन्स्की

रुसले आफ्नो देशको पूर्वी क्षेत्र डोनबास कब्जा गर्नका लागि गम्भीर आक्रमण सुरु गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । रुसले डोनबास क्षेत्रका शहर-बजारमा सोमबार मिसाइल, रकेटसँगै गोलाबारी गरेको थियो । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले डोनबास क्षेत्रको रक्षाका लागि संघर्ष सुरू भएको बताए । युक्रेनका प्रमुख सुरक्षा अधिकारी ओलेक्सी दानिलोभका अनुसार रुसी सैनिकले युक्रेनी अग्रपंक्तिलाई […]

मारिब सहर पुनः कब्जा गर्ने हुथी विद्रोहीको तयारी

यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् । ती विद्रोहीहरुले सो सहरका महत्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि यस सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेको बताएका हुन् । सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरका कतिपय महत्वपूर्ण स्थानहरुमा उनीहरुले कब्जा जमाएको बताएका छन् । हुथी विद्रोही समूहले यसअघि सो सहर पूरै नियन्त्रणमा लिएको भए पनि पछिल्लो समयमा सरकारी सेनाले फिर्ता गरेका थिए

तालिवानले कब्जा गरेको भनिएको पञ्जशीरमा लडाइँ जारी

एजेन्सी । तालिवानले पूर्ण कब्जा जमाएको दाबी गरेको अफगानिस्तानको पञ्जशीर उपत्यकामा गएराति संघर्ष चर्किएको खबर छ । गएराती सैन्य विमानहरुले तालिवानका अखडाहरुमा आक्रमण गरेको र थुप्रै लडाकुहरु मारिएको दाबी गरिएको हो । हिजो तालिवानले पञ्जशीरको प्रान्तीय गभर्नरको कार्यालयमा झण्डा फहराएर सो प्रान्त पनि पूर्ण नियन्त्रणमा लिएको घोषणा गरेको थियो । उता, तालिवान विरुद्ध पञ्जशीर क्षेत्रमा […]

अफगानिस्तानमा प्रान्तीय राजधानीमाथि तालिबानको कब्जा

एजेन्सी।तालिबानले अफगानिस्तानको दक्षिण पश्चिम क्षेत्रमा रहेको एउटा प्रान्तीय राजधानीमा कब्जा जमाएका छन्।तालिबानले निमरोज प्रान्तको राजधानी जरन्जलाई आफ्नो नियन्त्रणमा लिएको सरकारी अधिकारीले पुष्टि गरेका छन्। हुन्।विदेशी सेना फिर्ता भएसँगै आक्रामक रुपमा अघि बढेको तालिबानले केही सीमावर्ती क्षेत्रका साथै ठूलो क्षेत्रफलमा आफ्नो नियन्त्रण कायम गरेको छ।तालिबानले २० वर्षपछि प्रान्तको राजधानी कब्जा गरेका हुन्। हेरात र लश्कर गाहमा भीषण संघर्ष जारी छ।

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष जारी

एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाईरहेको छ । लस्करगाहमा तालिवान विद्रोहीहरुले टेलिभिजन स्टेशन समेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरु शहर छाडेर अन्यत्र गईरहेका छन् । हेलमण्ड प्रान्तमा सवैतिर लडाई जारी […]

अफगानीस्तानमा भीषण संघर्ष, २० तालिबानको मृत्यु

एजेन्सी।अफगानिस्तानको बदख्शां प्रान्तमा सरकारी फौज र तालिबान लडाकुबीच भीषण संघर्ष भएका छ।संघर्षमा २० जना तालिबानी लडाकु मारिएको जनाइएको छ।अफगानिस्तानमा रहेको गठबन्धन सेनाको क्याप्टेन अब्दुल रजाकले संघर्षमा तीन जना सैनिक पनि मारिएको बताएका छन्।संघर्षमा १० जना तालिबानी लडाकु र ५ जना सुरक्षाकर्मी घाइते भएका छन्। स्थानीयले तालिबानले पछिल्लो चौबीस घण्टामा तगाब, किशिम, ताशकन र सहर–ए–बुजुर्गको मुख्यालय कब्जा गरेको बताएका छन्।

गाजाको ग्यास हत्याउनका लागि इजरायल र प्यालेस्टाइनबीच संघर्ष ?

इजरायल र प्यालेस्टाइनबीचको संघर्षका राष्ट्रिय र धार्मिक आयामका विषयमा विभिन्न विश्लेषण हामीले पढेका छौं । तर यो संघर्ष प्राकृतिक स्रोतमाथि कब्जा जमाउनका लागि इजरायलले गरेको प्रयास हो भन्ने कुरा तपाईंलाई कत्तिको थाहा छ ?  सन् २००० मा बेलायतको तेल कम्पनी बीजी ग्रूपले गाजाको समुद्री तहमुनि लगभग १.६ खर्ब क्युबिक फीट ग्यासको भण्डार फेला पारेको थियो ।  क्यालिफोर्निया विश्वविद्यालयको जर्नल अफ प्यालेस्टाइन स्टडीजमा अनाइस आन्त्रियास्यानले उल्लेख गरेअनुसार, मरिन १ मा रहेका ग्यासका भण्डारमा प्यालेस्टाइनले पहुँच नपाओस् भन्नका ला...