सुरुमा भएको सहमति अनुसार मतगणनाको परिणाम सार्वजनिक गर्ने बेलामा माओवादी केन्द्रले विवाद झिकेपछि सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको छ । बुधबार दिउँसो धरान वडा नम्बर २० को मतगणनाको क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाको पाइएको थियो । तीमध्ये ११ मतमा वडाध्यक्षमा माओवादी केन्द्रलाई मत दिइएको थियो । माओवादी केन्द्रसहितको सर्वदलीय बैठकले …