सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।देशभरका यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले एक सूचना जारी गरी कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको बताएका छन् । उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उनले भनेका छन्, ‘यो साता सेवाग्