काठमाण्डाै – गएराति भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको परकम्प गएको हो । परकम्पको धक्का काठमाण्डौ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि बेलाबेला परकम्प जाने गरेको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीका अनुसार गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा माथिका पाँच सय ...