महिला हिंसाविरुद्ध शुक्रबार सिंहदरबारअघि ‘महिला मार्च’ गरिँदै
महिलाविरुद्धको बढ्दो हिंसा अन्त्य गर्न माग राख्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा महिला मार्च गरिने भएको छ । वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म हुने महिला मार्चमा सहभागी बन्न आन्दोलनले विज्ञप्तिमार्फत सार्वजनिक आह्वान गरेको छ ।
प्रतीकात्मक शव बोकेका प्रदर्शनकारीको भीड न्युरोड हुँदै सिंहदरबारतर्फ लम्किँदै थियो । भद्रकाली मोडमा प्रहरी उनीहरूलाई नियन्त्रणमा लिने तयारीमा जुट्दै थियो । प्रदर्शनकारीले भनिरहेका थिए, ‘बलात्कारीलाई कारबाही गर ।’ यो दृश्य बृहत् नागरिक आन्दोलनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सिंहदरबार महिला मार्च’ को हो ।