योगेन्द्र कुमालका बुबा भीष्मबहादुर कुमाल शिक्षक थिए । माओवादीले थालेको जनयुद्धमा लागेका कारण उनी तत्कालीन शाही सेनाको निशानामा थिए । आफन्त भेट्न गएका बेला २०५८ साल पुस १० गतेसेनाले उनको हत्या गरेर शव नै गायव बनाएको थियो । घरपरिवारका कुनै सदस्यले पनि उनको शव देख्न पाएनन् ।बुबाको हत्यापछि योगेन्द्र जनमुक्ति सेनामा लागे । जनयुद्धकै क्रममा उनको बिहे भएको डेढ वर्षमात्र भएको थियो । श्रीमती चिजा कुमाल ६ महिनाकी गर्भवती थिइन् । २०६२ सालमा तत्कालीन सेनाले माओवादीमा लागेको भनेर उनकी गर्भवती श्रीमतील