भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१२ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा कोरोनाको कहरले भयानक रूप लिएको छ । दिल्लीमा कोरोनाले मर्नेको कूल संख्या १६ हजार ५५९ पुगेको छ ।
दिल्लीमा कोरोना संक्रमण दर ३१.६१ प्रतिशत भएको छ भने सक्रिय संक्रमितको संख्या ९६ हजार ७४७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्ला १५ दिनमा नयाँदिल्लीमा कोरोनाले महामारी फैलाएको छ । दिल्लीमा १–१५ अप्रिलसम्म कोरोनाले ६२५ जनाको मृत्यु भएकोमा १६–३० अप्रिलसम्म कोरोनाले ४...