काठमाडौँ–७ : एमालेको ‘लालकिल्ला’ तोड्ने दाउमा मानुषी

रातो कुर्ता सुरुवाल र गोल्डस्टार जुत्ता । सामान्य पहिरनमा सोमबार गोलढुङ्गा क्षेत्रमा मत माग्दै थिइन्, गठबन्धनका तर्फबाट साझा उम्मेदवार मानुषी यमी भट्टराई । माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर मैदानमा उत्रिएकी उनलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिइरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सोही क्षेत्रकी पूर्व सांसद हिसिला यमीको उत्तराधिकारीका रूपमा हेरिएकी मानुषी यमी भट्टराई यसपटक काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट

सम्बन्धित सामग्री

काठमाडौँ–७ (१)मा एकीकृत समाजवादीका मानन्धर विजयी

काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले  जानकारी दिइन् ।यस्तै नेकपा एमालेका उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गरे  । काठमाडौँ महा

काठमाडौँ-७ (क) मा एकीकृत समाजवादीका मानन्धर विजयी

७ मंसिर, काठमाडौं । काठमाडौँ-७ (१)मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले ४ हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठलेलाई जानकारी दिए । यस्तै नेकपा (एमाले)का उम्मेदवार जीवन […]

काठमाडौँ – ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली काठमाडौँ–७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनामा राष्ट्रिय पराजुली आठ हजार सात सय ४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए । दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । उनले छ हजार आठ सय र लोकतान्त्रिक–वाम […]

काठमाडौँ–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै

काठमाडौँ,६ मँसिर । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । कूल १४ हजार सात सय ३१ मतगणना हुँदा […]

काठमाडौँ-७ मा घण्टीकाे सुरुवाती अग्रता, मानुषी तेस्रो स्थानमा

काठमाडौँ – काठमाडौँ- ७ मा मतगणना जारी रहेकाे छ । प्रतिनिधिसभातर्फको मतगणना भइरहेको साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले(घण्टी)ले सुरुवाती अग्रता कायम गरेकाे छ । याे समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मत प्राप्त गरी सुरुवाती अग्रता कायम गरेका छन् । दाेस्राे स्थानमा नेकपा एमालेका श्‍यामकुमार घिमिरेले ९३ मत प्राप्त […]

काठमाडौँ ७ मा मतगणना सुरु

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ […]

मानुषीलाई काठमाडौँ ७ छाडिदेला त गठबन्धनले

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई प्रत्यक्ष चुनाव लड्नबाट पछि हटे पनि छोरी मानुषीलाई उठाउने मनस्थितिमा छन्। गोरखा २ मा चुनाव लड्ने चर्चा भए पनि उनी पछि हटेर नलड्ने घोषणा गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेत्री तथा बाबुराम पुत्री मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने तयारी अवस्थामा छिन्। […]

मानुषी काठमाडौँ ७ बाट चुनाव लड्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ । तर, ती दुई दलबिच सिट बाँडफाँड भने टुंगिसकेको छैन । सत्ता गठबन्धनमा काठमाडौँ ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको […]

काठमाडौँ ७ मा कांग्रेसबाट गुरागाईंको नाम सिफारिस

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौँ ७ मा प्रमोदहरि गुरागाईंको नाम सिफारिस गरेको छ । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरागाईंसहित डा. रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ । गुरागाईंको पुर्ख्यौली घर नुवाकोट हो । यस्तै, […]