३ मंसिर, काठमाडौं । नेपालले आगामी नयाँ जनवरीदेखि टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउने भएको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउने भएको हो । सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले डिसेम्बरको अन्तिमदेखि टनकपुरबाट नेपालतर्फको भूभागमा पानी छाड्ने जानकारी दिएको छ । ‘पहिलोपटक टनकपुर ब्यारेजबाट हामीले […]