नेपाल र चीनले कोभिड–१९ को कारण सुरुआतमा सहज नभएको रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति गरेका छन् ।नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै उक्त नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमत भएका हुन् । चीनले कोभिड–१९ का कारण सुरुआतमा उक्त नाका बन्द नै गरेको थियो ।