कोरोना रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले 'कोरोना जनसुरक्षा कोष ' मा १० करोड रुपैयाँ थप गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको कोषबाट उक्त रकम थप्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एव आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए । योसँगै अब कोषमा २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैयाँ मौज्दात पुगेको छ ।२०७७ चैत ११ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नं. १ मा कोरोना जनसुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषबाट अहिलेसम्म १७ करोड ब