नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन् । बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार उस्तै रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन् । उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिरहेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन् । झाँक्रीले लेखेकी छिन्– ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्र