दैलेख : कर्णाली प्रदेशका १० जिल्लामध्ये पहिलो पटक कोरोना संक्रमण भेटिएको दैलेख हाललाई कोरोनामुक्त भएको छ। गत जेठ ५ गते जिल्लाको आठबिस नगरपालिका–१ को सातलाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो। ११ वटा स्थानीय तह रहेको दैलेखमा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको छ। हाल दैलेखमा कोरोनाका बिरामीको दर शून्य रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले जनाए। यस्तै दैलेखमा १४ सय ८६ जनाले पहिलो चरणमा कोरोनाविरुद्ध खोप लगाएका छन्।सरकार