माओवादी महाधिवेशन: प्रतिवेदनमाथि सुझाव प्रस्तुति सकियो, भोलि प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफलको निष्कर्ष प्रस्तुति सकिएको छ ।  प्रचण्डले बन्दसत्रमा पेश गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा २५ समूह बनाएर छलफल गरिएको थियो । ती समूहले बुधबार र बिहीवार पालैपालो निष्कर्ष प्रस्तुत गरे । सबै समूहको निष्कर्ष प्रस्तुत भएपछि माओवादी केन्द्रको बन्दसत्र आजका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेबाट बन्दसत्र शुरू हुने र त्यसमा अनुशासन, लेखा तथा निर्वाचन आयोगको प्रतिवेदन पेश हुने माओवादी केन्द्रले ज...

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : पदाधिकारीको संख्या बढाउने अधिकारी केन्द्रीय समितिमा

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनले पार्टीको पदाधिकारी संख्या निर्धारण गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरेको छ । महाधिवेशनको छैटौँ दिन आज विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिने क्रममा देवप्रसाद गुरुङले जवाफ दिने क्रममा पार्टीको पदाधिकारी संख्या बढाउने वा घटाउने अधिकारी केन्द्रीय समितिमा निहित हुने प्रस्ताव गरेका हुन् । उक्त […]

माओवादी महाधिवेशन : आज विधान मस्यौदामाथि उठेको जवाफ देव गुरुङले दिने

काठमाडौं, १७ पुस : नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् । शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल […]

माओवादी महाधिवेशन : आज देव गुरुङले जवाफ दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैटौँ दिन आज विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।  बन्द सत्र बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा सुरु हुँदैछ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई

माओवादी महाधिवेशन : प्रज्ञामा स्थायी कमिटी जारी

काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटी बैठक प्रज्ञा भवन कमलादीमा जारी रहेको छ। ८ औं महाधिवेशनमा निर्वाचनउन्मुख माओवादीले केन्द्रीय समितिमा थप गर्नुपर्ने क्लस्टरहरुबारे स्थायी कमिटीमा छलफल गर्नेछ। त्यसैगरी आजै बिहान ११ बजे प्रज्ञा भवनमै बन्दसत्र पनि शुरु हुँदैछ। बन्दसत्रमा नेता देव गुरुङले बिधान मस्यौदाउपर उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको…

माओवादी महाधिवेशन : भोलि विधान मस्यौदामाथि उठेको जवाफ दिने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेश गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् । शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक […]

माओवादी महाधिवेशन : निर्वाचन आयोगको प्रतिवेदन पेश

नेकपा माओवादीको राजधानीको कमलादीमा जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा निर्वाचन आयोगको प्रतिवेदन पेश भएको छ । आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले बन्दत्रिमा पार्टी आयोगको प्रतिवेदन पेश गरेका हुन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सकिइसकेको छ । छलफलमा उठेका प्रश्नमाथि आजै प्रचण्डले जवाफ दिने तयारी रहेको छ ।

माओवादी महाधिवेशन : बन्द सत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आज शुक्रवारको बन्द सत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी कमिटीकाे बैठकमा छलफल भएलगत्तै आजको बन्द सत्र सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ ।  अध्यक्ष प्रचण्डको जवाफलगत्तै चुनावकाे प्रक्रिया सुरु गरिने माओवादीले ...

माओवादी महाधिवेशन : सबै समूहको प्रस्तुति सकियो, भोलि प्रचण्डले जवाफ दिने

आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

माओवादी महाधिवेशन – समूहगत सुझावको प्रस्तुति सकियो, प्रचण्डले भोली जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत समूहगत सुझावको प्रस्तुति सकिएको छ । अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि २५ समूहमा भएको छलफलको प्रस्तुति सकिएको हो । बिहीबारसम्म २५ समूहका नेताहरुले आफ्नो समूहबाट आएको सुझावहरु प्रस्तुत गरेका थिए । भोली एकबजेबाट फेरि बन्दसत्र सुरु हुनेछ । अनुशासन, लेखा र विर्नाचन आयोगको […]