नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको छैटौँ दिन आज विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । बन्द सत्र बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा सुरु हुँदैछ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई