लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपा कार्यालयमा बसेको बैठकमा अगामी निर्वाचनमा केन्द्रीत भएर छलफल भइरहेको कार्यकारिणी अकवाल अहमदले बताए । सातवटै प्रदेशबाट सिफारिस भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारका विषयमा विशेष छलफल हुने बताइएको छ ।निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको सूचीको विषय पनि आजको बैठकले टुगों लगाउने बताइएको छ । अगामी चुनावमा विभिन्न दलसँग भइरहेका गठबन्धनको विषयमा पनि छलफल हुने बताइएको छ ।