यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय, सार्वजनिक विदा खारेजदेखि नियुक्ति, बढुवा र नियुक्तिसम्म

यस्ता छन् जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु :थाइल्याण्डमा आयोजना हुने 'Governance and Anti-Corruption: The Method and Tools Behind an Effective Corruption-Eradication Strategy' विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्तद्वय श्री किशोर कुमार सिलवाल र श्री जय बहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिने। विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिब रु. १२ अर्ब) सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा श्री शरद विक्रम राणालाई नियुक्त गर्ने। सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने। तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने। हातहतियार खरखजाना (एघारौं संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री चन्द्र प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने।अष्ट्रेलियाको ब्रिसवेनमा आयोजना हुने Asia Pacific Ministerial conference Jon Disaster Risk Reduction (APMCDRR) कार्यक्रममा गृह मन्त्रालयका सचिव श्री टेकनारायण पाण्डेलाई सहभागी हुन स्वीकृति दिने। भारतको नयाँ दिल्लीमा हुने नेपाल-भारत सीमा ब्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १२औं बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालयका सहसचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने। प्रहरी नायब महानिरीक्षकहरू उत्तमराज सुवेदी, अरुण कुमार बि.सी., दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने।लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी| जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने।गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने।रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्ष पदमा श्री सुवास बी. शाही र सदस्य पदमा श्री कल्पना दियाकोटीलाई मनोनयन गर्ने। नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने। औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने। मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९ स्वीकृत गर्ने।राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत श्री सरजुकुमार वैद्यलाई नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने। लोक सेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको नेपाल वन सेवा तथा नेपाल शिक्षा सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने। हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने।

सम्बन्धित सामग्री

कर्णालीका ९ जिल्लामा आज सार्वजनिक विदा

सुर्खेत- कर्णाली प्रदेश सरकारका नौ जिल्लामा आज सार्वजनिक विदा दिइएको छ । धान दिवसको अवसरमा जुम्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्वजनिक विदा दिइएको हो ।   गत चैत २९ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असार १५ मा राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा ...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २५ पुष । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएलगत्तै मन्त्रिपरिषद्को बैठक राखिएको हो । बैठकमा यही पुष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिनेबारे निर्णय हुने बुझिएको छ । राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुनको लागि पुष २७ गते विदा दिनुपर्ने शर्त राखेको […]

आइतबारको सार्वजनिक विदा खारेजीपछि यस्तो छ असारदेखि लागु हुने कार्यालय समय

सरकारले असार १ गतेदेखि लागु हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक विदा खारेज भएसंगै गृह मन्त्रालयले असार १ गतेदेखि लागु हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो। जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो। आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ समय निर्धारण गरेको हो।जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि विहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय विहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ।त्यस्तै शुक्रबारको दिन कार्यालय समय विहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुने छ ।

चुनावको दिन सार्वजनिक विदा

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

माघ १९ गते सोनाम ल्होसार : देशभर सार्वजनिक विदा

तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा भोलि माघ १९ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।गृह मन्त्रालयले सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । ल्होछार मनाउने समूदायमा “ल्हो” अर्थात् …

भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ– सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचनाजारी गर्दै विदा दिने निर्णय भएको बताएको छ । तमु ल्होसार गुरुङ समूदायले मनाउने नयाँ वर्ष हो ।

तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक विदा

काठमाडाैं ।  सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ । The post तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक विदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तमु ल्होसारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा

काठमाडौँ– सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा प्रवक्ता कार्कीले केपी ओली नेतृत्वको सरकारले ११ देशका लागि गरेको राजदूत नियुक्ति रद्द गरिएको […]