एमाले सांसदहरुको नाराबाजीकाबीच सभामुखले सदन अघि बढाए
प्रतिनिधिसभाको आज बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । तर नाराबाजीका बीच सभामुख सभामुख अग्निप्रसाद सापकोटाले सदन अगाडि बढाएका छन् ।
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समेत प्रमुख विपक्षी नेकपा (एमाले)का सांसदहरूले नाराबाजीसहित विरोध गरेपछि सभामुखले विशेष रुलिङ गर्दै सो आग्रह गरेका हुन् । लगातार छ महिनादेखि एमालेले संसद्को कारबाहीमा सहभागी नभई नाराबाजी गरिरहेको छ। अवरोधका बिचमा […]
काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । सम्भावित कार्यसूची तय गर्न बसेको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा एक घण्टादेखि जारी छ । एमालेले कारबाही गरेका १४ जनालाई पदमुक्त नगरेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ । पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै एमालेले निरन्तर […]
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न आग्रह गरेका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले नाराबाजी गरेर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले भने, ‘परिस्थिती र परिवेश एकै रहँदैन‚ राष्टिय हितलाई कामय राख्दै सदन सञ्चालनमा सहयोग गर्न ध्यानाकर्षण गर्न चाहन्छौँ। जनप्रतिनिधिहरुको सर्वोच्च निकायमा विधि पद्धति पालनामा प्रतिबद्ध हुन आग्रह गर्दछु। बैठकमा सहभागी भएर आफ्नो कुरा राख्न आग्रह गर्छु।’जनताको कुरा रा
काठमाडौं : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले एमालेका कारण संसद बैठक एक सेकेण्ड पनि अवरुद्ध नभएको दाबी गरेका छन्।शनिबार एमाले संसदीय दलको बैठकमा उनले एमालेका कारण संसद्को कुनै काम नरोकिएको प्रष्टीकरण दिएका छन्।‘हाम्रा कारणले राज्य र संसद्का कुनै काम रोकिएका छैन। हामी उठिसक्दा सभामुखले काम अगाडि बढाइसक्नुभएको हुन्छ‚ ’नेम्बाङले भने‚ ‘हाम्रो अवरोधले केही पनि भएका छैन। म भन्न चाहन्छु- हाम्रा कारणले एक सेकेण्ड पनि सदन रो
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीबारे सभामुखले सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्नुपर्ने बताएको छ । सभामुखले जहाँबाट गल्ती गरेका हुन्, त्यहीँ फर्केर सच्याउनुपर्ने एमालेको ‘बटम लाइन’ छ ।आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । यद्यपि सभामुखलाई पत्र पठाएर एमालेले रेस्पोन्स गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले रातोपाटीलाई बताए ।रातोपाटीसँगको संक्षिप्त कुराकानीमा एमाले नेता ज्ञवा
सभामुख अग्निप्रसाद सापकोटालाई यतिबेला प्रतिनिधि सभाको कामकारबाही अघि बढाउन फलामका चिउरा चपाउनु सरह भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्को यो अधिवेशन सुरुपछि बसेको तेस्रो दिनको बैठकमा पनि सदन अवरुद्ध गरेको छ । गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको यो अधिवेशनमा भदौ २५ गते र २७ गते बसेको बैठकमा एमालेले अवरोध ग–यो । सभामुखले एकै दिन १५ मिनेटका लागि भन्दै ३ पटक सम्म बोलाएको बैठकमा एमालेले नाराबाजी गर्दै अवरुद्ध गरेको छ भने बैठकको बिचमा एमाले संसदीय दलका प्रमुख सचेतक, सच
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । ‘सरकार र सभामुखको प्रवृतिविरुद्धमा एमालेले निरन्तर प्रतिवाद गर्छ, सरकार अहिलेका सभामुखका साथै अहिले भइरहेका गैरसंवैधानिक क्रियाकलापविरुद्ध […]
The post सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
आफ्नो ड्यास अगाडि आएर नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गरेका छन् । उनले अदालतमा विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नमिल्ने भन्दै सो धाराको प्रावधानलाई बुझेर सदन सुचारु गर्न आग्रह गरेका छन् ।उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ को नियम पालना गर्न पनि आग्रह गरेका छन् । सभामुखको कुरा नसुनी एमाले सांसद सभामुख सापकोटाको ड्यास अगाडि उभिएर पार्टी फुटाउन बन्द गर, संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेका छन् ।