नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले संसदीय मूल्य मान्यताको उल्लंघन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुको विरोधका बीच सभामुखले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘संसदीय परिपाटीको घोर उल्लंघन र सामान्यतया संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षी दल उठे मात्रै पनि संसद चल्दैन । हामीले पनि पहिला त्यही चलन बसाएको हो । हामीले विरोध गर्दागर्दै पनि सभामुखले यसरी सदन चलाउनु उनको गुरिल्ला