नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले पूर्व नेकपाको निरन्तरता भएको दावी गरेका छन् । मंगलबार काठमाडौँमा भएको एमाले सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आज एमालेका नेता कार्यकर्ताका साथै माओवादीका नेता कार्यकर्तापनि एमालेमा भएकाले नेकपाको निरन्तरता एमाले भएको दावी गरेका हुन् । ‘राजनीतिक रुपमा नेकपा एमाले नेकपाको निरन्तरता हो भन्यौँ’, महासचिव पोखरेलले भने, ‘एमाले र माओवादीका नेता कार्यकर्ता एमालेको साथमा हुनुहुन्छ ।’ उनले प्रचण्डले पूर्वम