काठमाडौं : नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकारले प्रतिनिधिसभा विघटन गर्ने दाबी गरेका छन्। आइतवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अल्पमतमा पर्ने र संसद्लाई विघटन गर्ने बताए।
‘संसद् विघटन गरौँ भन्ने तहसम्म नेपाली कांग्रेसको नेतृत्व पुगेको छ। उहाँहरुको सरकार टिक्ने अवस्था छैन।…