काँग्रेस अधिवेशन : चितवनका ७ पालिकामा को-को चुनिए सभापति ?

नेपाली काँग्रेसको पालिका अधिवेशन अन्तर्गत चितवनका पालिकाहरुमा संस्थापन इतर पक्षको उपस्थिति बलियो देखिएको छ । जिल्लाका सातवटा पालिकामध्ये दुई वटा पालिकामा मात्र देउवा पक्ष विजयी भएको छ ।भरतपुरमा चित्रसेन निर्वाचितचितवनको भरतपुर महानगरपालिकाको नेपाली काँग्रेसको सभापतिमा चित्रसेन अधिकारी चयन भएका छन् । उनी भरतपुर महानगरपालिका–२१ का वडाध्यक्ष हुन् ।अधिवेशनमा खसेको एक हजार ४६६ मतमध्ये उनले ६४९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी भरत अधिकारीले ५४६ प्राप्त गरे । नवनिर्वाचित सभापति चित्रस

सम्बन्धित सामग्री

बर्दियामा देउवा पक्षमा चार, पौडेल समूहका तीन सभापति

नेपालगन्ज ।बर्दियाका आठ वटा पालिका मध्ये सात वटा पालिकामा काँग्रेस अधिवेशन सकिएको छ । १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन सकिएको हो । मधुवन नगरपालिकाको अधिवेशन भने हुन सकेको छैन । यहाँ वडा नम्बर ३ बाहेक सबै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । तर, ३ नम्बर वडामा क्रियाशील सदस्यता विवादका कारण निर्वाचन समितिले प्रक्रिया अघि बढाउन नसक्दा पालिका अधिवेशन प्रभावित बनेको हो ।

काँग्रेस अधिवेशन : दोलखाका अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दोलखामा पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाको ७ गाउँपालिका र २ नगरपालिकासहित ९ पालिकामध्ये सात वटामा काँग्रेसले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।एउटा गाउँपालिकामा भने अधिवेशन स्थगित भएको नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए । यस्तै अर्को एक पालिकामा भने मतदानबाट नेतृत्व चयन गरिएको छ । छलफलबाटै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा उम्मेदवारहरूबीच विवाद बढेपछि जिल्लाको कालिन्चोक गाउँपालिकामा अधिवेशन स्थगित गर्नुपरेको उनले बता

काँग्रेस अधिवेशन : जुम्लाका चार स्थानीय तहमा सभापति चयन

‘चारवटा स्थानीय तहमा सर्वसहमति गरेर सभापति टुंगियो’, सभापति शाहीले भने,‘बाँकी चार स्थानीय तहमा नेतृत्व छान्ने प्रयास जारी छ। सबै पालिकामा सर्वसहमतिको लागि पहल भइरहेको छ।’...

काँग्रेस अधिवेशन : गोपालमान श्रेष्ठलाई आफ्नै गृहनगरमा धक्का

नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । बाँकी दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।चापाकोट नगरपालिकामा विक्रमबहादुर सारु सभापतिमा निर्विरोध चयन भएका छन् भने अन्य सबै पालिकामा निर्वाचन भएको हो ।नेपाली काँग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि दाबी गरिरहेका छन् । तर आफ्नै गृहनगर पुतली बजारमा उनको समूह पराजित भएको छ ।श्रेष्ठले

कालिकोटमा काँग्रेस अधिवेशन : पाँच पालिकामा को–को बने सभापति ?

नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जस अनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म फाइनल गर्ने गरी काँग्रेसका  नेताहरु लागिपरेका छन्।काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य,  नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा  धीरा बम (महिला), तिलागुफा नगरपालिकामा  धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत च

दैलेखमा काँग्रेस अधिवेशन  : पाँच पालिकामा देउवा पक्ष हावी

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखका पाँच वटा स्थानीयतहमा शेरबहादुर देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ। निर्वाचन परिणाम अनुसार ११ स्थानीय तह मध्ये पाँच पालिकामा देउवा पक्ष अगाडि आएको हो । पाँच पालिका मध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा लालबहादुर रावत सभापति भएका छन् । उनी दुल्लू नगरपालिका–७ का वडा अध्यक्ष समेत हुन्। उनलाई सभापतिमा अगाडि ल्याउन दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीको भरपुर सहयोग रहेको देखिन्छ । किनकी भण्डारी संस्थापन पक्