नेक्स्ट ग्रोथ कन्क्लेभको छैठौं संस्करण पुस १५ गते हुने भएको छ । नेक्स्ट भेन्चर कर्पो रेशनले आयोजन गर्न लागेको यस कार्यक्रममा चर्चित लगानीकर्ता तथा ह्या थ्वे इन्भेस्ट्मेन्टका संस्थापक अम्बिका पौडेल सहित ८ जना वक्ताहरु रहने भएका छन्। अन्य वक्ताहरुमा हाम्रो बजारमा संस्थापक प्रबल साख, फुडमान्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मनोहर अधिकारी , प्रिमियर एजुकेसन् नेट्वोर्ककि संस्थापक पवित्रा लिम्बु, सस्तोडिलका संस्थापाक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापा, निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक आनन्द बगारिया, किङ्ग्स कलेजका प्राध्यापक नरोत्तम अर्याल, र उपाय सिटी कार्गोका प्रबन्ध निर्देशन सुमन रायमाझी रहेका छन् ।नेक्स्ट भेन्चर कर्पोरेशनको वार्षिक फ्ल्यागशिप कार्यक्रमको रुपमा रहेको नेक्स्ट ग्रोथ कन्क्लेभ स्टार्टअपहरुको लागि एउटा प्लेटफर्म हो । समाजका परिवर्तनकर्ताहरू बीच नेपालको उद्यमशीलता इकोसिस्टमलाई आकार दिनका लागि सबैभन्दा विघटनकारी ग्राउन्डब्रेकिंग स्टार्टअपहरू, साना व्यवसायहरू उद्यमीहरू, लगानीकर्ताहरू, प्रतिष्ठित व्यक्तित्वहरू, र नेपालका अन्य कर्पोरेट कार्यकारीहरूलाई एकीकृत गर्ने लक्ष्य आयोजकले लिएको छ। यस वर्षको कार्यक्रममा स्टार्टअप भ्याली, मुख्य मण्डल (मेन स्टेज), लगानीकर्ता र मिडिया लाउन्ज, र भेन्चर ब्लेन्ड, पावर छलफलका साथै प्रमुख आकर्षणहरू हुनेछन्। कार्यक्रममा सहभागी हुनको लागि २ हजार शुल्क तोकिएको र कार्यक्रम ठेमलको होटेल अलोफ्टमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।