नेपालको सार्वजनिक ऋण २० खर्ब माथि

काठमाडौं । नेपालको सार्वजनिक ऋण २० खर्ब माथि पुगेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनमा जनाइएको हो । कार्यालयका अनुसार यस अवधिमा नेपालको कूल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण […]

सम्बन्धित सामग्री

२४ खर्ब नजिक सार्वजनिक ऋण

अहिले आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड र वाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड पुगेको छ । यसरी कुल सार्वजनिक ऋण झन्डै २४ खर्ब नजिक पुगेको हो ।

बढ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति दायित्व ७९ हजार दुईसय एक रुपैयाँ

नेपालको सार्वजनिक ऋण आर्थिक वर्षको पहिलो दुई महिनामै ४९ अर्ब २३ करोड रुपैयाँ थपिएको छ । योसंगै ऋण २३ खर्ब माथि पुगेको छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋण नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मा भाग गर्दा प्रतिव्यक्ति दायित्वका हिसावले ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार …

आगामी वर्ष सार्वजनिक ऋण साढे २५ खर्ब पुग्ने

आगामी आर्थिक वर्ष  ०८०/८१ को अन्त्यसम्म नेपालको सार्वजनिक ऋण साढे २५ खर्ब पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत बजेटमा आगामी आवमा नेपाल सरकारले तिर्नुपर्ने ऋण...

नेपालको सार्वजनिक ऋण र यसको सीमा

विशेषतः कुनै पनि विकास प्रक्रिया समग्र मानवीय अवधारणाहरुको आधारशिला हो । सामान्यतया यस्तो आधारभूत संरचना पूरा गर्न नेपालजस्तो कृषितन्त्रमा आधारित मुलुकको यावत् विकास कृषि अर्थतन्त्रविना असम्भव छ । नेपालको विकास शृङ्खला अन्तर्गत मानव विकास स्थितितर्फ अवलोकन गर्दा सन् १९५० को दशकमा राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएको हो । यसपछि मात्र नेपालको सन्दर्भमा विकास […]

नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता

काठमाडौँ, १६ पुस  : चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण रु २० […]

३ महिनामा साढे ५ अर्बले घट्यो सार्वजनिक ऋण

३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा नेपालको सार्वजनिक ऋण साढे ५ अर्ब रुपैयाँले घटेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्ष २०७८/७९ […]

सार्वजनिक ऋण ९ खर्बबाट २० खर्ब पुग्यो, प्रतिव्यक्ति ऋणभार ?

काठमाडौँ । पछिल्लो ५ वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बरले बढेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९ खर्ब १६ अर्ब रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०७८/७९ को अन्तिममा आइपुग्दा २० खर्ब ११ अर्ब ५८ करोड पुगेको हो । नेपाल राष्ट्र बैङ्कको २०७८/७९ को वार्षिक तथ्याङ्क अनुसार गत आवसम्म आइपुग्दा नेपालको आन्तरिक ऋण ९ खर्ब […]

नेपालको सार्वजनिक ऋण दक्षिण एशियाकै कम हो : अर्थसचिव मरासिनी

चैत २८, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपालको हालको सार्वजनिक ऋण दक्षिण एशियाकै कम भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोगित पत्रकार सम्मेलनमा सचिव मरासिनीले सार्वजनिक ऋणको विषयमा चिन्ता व्यापक भएको भन्दै यसमा चिन्ता गर्नुपर्ने त्यस्तो अवस्था नरहेको बताएका हुन् ।  ‘पछिल्लो समय नेपालमा सार्वजनिक ऋणलाई लिएर व्यापक चिन्ता व्यक्त भएको छ । तर, हाम्रो सार्वजनिक ऋण दक्षिण एशियाकै कम हो,’ उनले भने ।  मन्त्रालयका अनुसार चैत २८ गतेसम्म नेपालको सार्वजनिक १८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । जसमा आन्तरिकतर्फ ८ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने बाह्यतर्फ ९ खर्ब ८० अर्ब ८० रुपैयाँ रहेको छ । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४३ दशमलव ७४ प्रतिशत हो ।