चैत २८, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपालको हालको सार्वजनिक ऋण दक्षिण एशियाकै कम भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोगित पत्रकार सम्मेलनमा सचिव मरासिनीले सार्वजनिक ऋणको विषयमा चिन्ता व्यापक भएको भन्दै यसमा चिन्ता गर्नुपर्ने त्यस्तो अवस्था नरहेको बताएका हुन् ।
‘पछिल्लो समय नेपालमा सार्वजनिक ऋणलाई लिएर व्यापक चिन्ता व्यक्त भएको छ । तर, हाम्रो सार्वजनिक ऋण दक्षिण एशियाकै कम हो,’ उनले भने ।
मन्त्रालयका अनुसार चैत २८ गतेसम्म नेपालको सार्वजनिक १८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । जसमा आन्तरिकतर्फ ८ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने बाह्यतर्फ ९ खर्ब ८० अर्ब ८० रुपैयाँ रहेको छ ।
सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४३ दशमलव ७४ प्रतिशत हो ।