काठमाण्डाै – नेपालमा रहेका भारतीय नागरिकलाई उद्धार गरेर साउदी अरेविया लैजान आज पनि दुई वटा उडान हुँदैछन् । आज नेपाल एअरलाइन्सले साउदीको रियाद र दमामको लागि दुई वटा उडान गरेर भारतीय नागरिक लैजान लागेको हो ।
यसअघि हिजो हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँच वटा उडानमार्फत भारतीयलाई साउदी लगिएको थियो । निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीयलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ ।
आजै दिल्ली–काठमाण्डौ एउटा चार्टड उडान ह...