विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

काठमाण्डौ – विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन् ।  अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल–नेपाल समूहको छलफल सुरु भएको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिनुभयो । हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको थियो ...

सम्बन्धित सामग्री

अर्थमन्त्रालय कांग्रेसको हातमा

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले भोलि बेलुका १० दलीय गठबन्धनको संयुक्त बैठक बसी निर्णय गर्ने सहमति गरेको छ । साथै, कांग्रेसबाट मन्त्री कसलाई पठाउने भन्ने बारेमा भोलि नै केन्द्रीय कार्य […]

पुरानो पाँच दलीय गठबन्धनको संयुक्त बैठक बस्ने तयारी

काठमाडौँ। राष्ट्रपति पदको उम्मेदवारको मनोनयन दर्ता हुने दिन नजिकिँदै गर्दा पुरानो पाँच दलीय गठबन्धनको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ। राष्ट्रपतिको उम्मेदवार को बनाउने भन्नेबारेमा छलफल गर्नको लागि आज साँझ पुरानो पाँच दलीय गठबन्धनको बैठक बस्ने तयारी भइरहेको हो।

दलहरू आन्तरिक तथा द्विपक्षीय छलफलमा, गठबन्धनको संयुक्त बैठक पुनः बस्दै

काठमाडौँ । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजे बस्ने बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने बताइएको छ ।  त्यसअघि अहिले दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । आन्तरिक तथा द्विपक्षीय छलफलमा व्यस्त रहेका दलहरूले दिउँसो संयुक्त बैठक बसेर निष्कर्षमा पुग्ने बताएका छन् […]

दलहरू आन्तरिक तथा द्विपक्षीय छलफलमा, गठबन्धनको संयुक्त बैठक पुनः बस्ने

काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन पाँच दलीय गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजे बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ ।  त्यसअघि अहिले दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । आन्तरिक तथा द्विपक्षीय छलफलमा व्यस्त रहेका दलहरुले दिउँसो संयुक्त बैठक बसेर...

तिलोत्तमा संयुक्त घोषण पत्र बनाउने पाँच दलीय गठबन्धनको तयारी

रुपन्देहीका  विभिन्न पालिकामा पाँच  दलीय चुनावी गठबन्धनको संयुक्त बैठक भइरहेका छन् । सोही अनुरुप  तिलोत्तमा नगरपालिकामा  पनि पाँच दलीय गठबन्धनको बैठक सम्पन्न भएको छ । चुनावलाई लक्षित गर्दै तिलोत्तमामा क्रियाशिल पाँच दलीय गठबन्धनले संयुक्त रुपमा बैठकको आयोजना गरि नगरको उम्मेदवार घोषणा गर्ने तयारी समेत गरेको हो ।आसन्न स्थानीय चुनावमा केन्द्र र जिल्लाको निर्णयलाई आत्मसात गर्दै  पाँच दलीय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय गरेको छ । तिलोत्तमा गठबन्

डडेल्धुरामा  गठबन्धनको संयुक्त बैठक, तालमेलविरुद्ध बोल्न नपाइने

डडेल्धुरा : सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको डडेल्धुरामा स्वागत गरिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धनका दलहरूको बैठकले निर्णयको स्वागत गरेका हुन्।आइतबार जिल्ला सदरमुकाम तुफानडाँडास्थित नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका

विपक्षी गठबन्धनको संयुक्त बैठक वानेश्वरमा सुरु

काठमाडौँ । नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी नयाँ रणनीतिका बारेमा छलफल गर्न गठबन्धनले बैठक आह्वान गरेको स्रोतले जनाएको छ । बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको […]

संसद विघटनबारे आगामी रणनीति तय गर्न विपक्षीको संयुक्त बैठक बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै छ ।  शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।खाणका अनुसार बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनमोर्चा सहभागिता रहने छ । उक्त गठबन्धनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको