केन्द्रीय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा मधेश प्रदेशमा पनि पाँच दलीय गठबन्धनको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । आइतबार जनकपुरधामस्थित नेपाली काँग्रेस मधेश प्रदेशको कार्यालयमा भएको गठबन्धनको बैठकमा प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धन र तालमेलबारे छलफल भएको छ ।बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेलका विषयमा गम्भीर छलफल भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । बैठकमा जिल्लास्तरीय संयन्त्र बनाउने, आ–आफ्नो पार्टीले पालिकाको