काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज प्रतिनिधिसभा विघटन मुद्दाको संवैधानिक इजलासको बहसका क्रममा पूर्वमहान्यायाधीवक्ता अग्निप्रसाद खरेललाई प्रश्न गरे, “अदालतले राष्ट्रपतिको नाममा परामदेश जारी गर्यो भने के हुन्छ?” उनी त्यतिमा रोकिएनन्, अर्को प्रश्न पनि राखे,“अदालतले परमादेश ग¥यो भने राष्ट्रपतिले मान्नुभएन भने के हुन्छ भन्न खोज्नु भएको हो?” उत्तरमा खरेलले भने, “राष्ट्रपतिलाई परमादेश जारी हुन सक्दैन, रिट निवेदनमा विपक्षी पनि बनाएको छैन।”