बेलायतको लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम

काठमाडौँ। विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो।

सम्बन्धित सामग्री

लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।...

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमईको पहल

ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा र नेपालमा वैदेशिक लगानीका विषयमा बेलायतको लण्डनमा सोमबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।...