राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् । त्यस्तै १० दिनभित्र पार्टीमा अन्य तहगत एकता गरिने भएको छ । बुधबार काठमाडौमा आयोजित एकता घोषणा सभामा शंखघण्ट बजाउनुका साथै बटुकहरुबाट स्वस्ति बाचन गरेर एकता घोषणा गरिएको थियो ।त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले घोषणापत्रमा हस्ताक्षर गरेर एकअर्कालाई प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले