उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्रै रोजगारी सिर्जना हुन्छ : मन्त्री बडू

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन्। उनले कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा…

सम्बन्धित सामग्री

घरेलु तथा साना उद्योग अर्थतन्त्रको आधार हुन् : आपूर्ति मन्त्री बडू

चैत ३०, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको अर्थतन्त्रको आधार भएको बताएका छन् । मन्त्रालयमा भेटन पुगेका नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिसँग मन्त्री बडूले यस्तो बताएका हुन् । ‘यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ । रोजगारी सिर्जना गर्दछ’ उनले भने, ‘यो क्षेत्रमा समस्या के के छन्, समाधानका लागि के गर्नुपर्छ सरकार तयार छ ।’ महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले स्वदेशी वस्तु उत्पादन गर्ने उद्योगहरूले विदेशबाट आयात हुने वस्तुहरूसँग प्रतिष्पर्धा गर्न नसकेर उद्योग धराशयीको बाटोमा रहेको मन्त्री बडूलाई सुनाए । स्वदेशी वस्तुको प्रवद्र्धन र स्वदेशी उद्योगको विकासका लागि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको माग थियो । नेपालमै उपलब्ध हुने कृषि लगायत अन्य औद्योगिक वस्तुको उपयोगलाई प्राथमिकता दिन विदेशबाट आयातमा रोक लगाइदिन अध्यक्ष सिंहले माग गरे ।